काठमाण्डु १७ मंसिर । प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।
ओली प्रस्थान गर्ने क्रममा विमानस्थलबाट हुने उडान र अवतरण पूर्ण रुपले बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री ओली बिहान ११ बजे हिमालय एयरलाइन्सको जहाज चार्टर गरेर चीन जाँदैछन् । ओली उड्नुअघि २५ मिनेट र प्रस्थान गरेपछि ५ मिनेट विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
सरकार प्रमुखको औपचारिक विदेश भ्रमणका क्रममा उडान बन्द गरिनुलाई स्वभाविक रुपमा लिनुपर्ने प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्रले भुलले बताए ।
उनका अनुसार बिहन १०ः३५ बाट ११ः०५ सम्म कुनै पनि उडान र अवतरण हुँदैन ।