तारकेश्वर दुर्घटनाः दुई जनाको घटनास्थलमै मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर १५ गते १२:३९ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– काठमाण्डुको तारकेश्वरमा आज शनिबार बस दुर्घटना भएको छ । दुर्घटनापछि बसमाथि तोडफोड गरेका छन ।

तारकेश्वर काभ्रेस्थलीबाट रत्नपार्क जान लागिरहेको बा ४ ख ७१११ को बस बाटोमा रोकिरहेको बा ३ क १६६६ गाडीसँग ठोकिँदा बिहान करिब ७ बजे तारकेश्वर–८ लामबगरमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अहिले भने स्थिति नियन्त्रणमा रहेको र गाडीलाई पुलिसको स्कर्टिङद्वारा बालाजु चौकीमा लगिएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us