काठमाण्डु, १५ मंसिर– कैलालीको चुरे गाउँपालिका–५ भासु भिरबाट मालबाहक ट्रक दुर्घटना भएको छ ।
सु.प्र.००१ख२५७६ नम्बरको मिनी ट्रक शनिबार बिहान पौने ५ बजे भिरबाट खसेको हो ।
ट्रक भीरबाट करिब ७ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्रकका को–को थिए भन्ने खुलेको छैन ।
स्थानीयले ट्रक खसेको सूचना दिएपछि उद्धारका लागि प्रहरी खटिएको छ ।