परराष्ट्रमन्त्री राणा आज चीनबाट फर्किंदै

काठमाण्डु टुडे २०८१ मंसिर १५ गते ८:३९ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर–परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्कँदै छिन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री डा राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्कने उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुगेर उनले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । सो भेटवार्ता छन्दुमा नै भएको थियो ।

सो अवसरमा उनीहरु बीचमा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो । प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दै छन् ।

परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुने छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us