विवाह गर्न नमानेपछि प्रेमिकाको हत्या

काठमाण्डु टुडे २०८१ मंसिर १५ गते ८:०६ मा प्रकाशित

धनुषा, १५ मंसिर– महिलाको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

धनुषाको जनकनन्दिनी गाउँपालिका–३ का २२ वर्षीय रामललित खत्वे मण्डल, सोही ठाउँका २० वर्षीय ज्ञानेन्द्र दास र शीहदनगर नगरपालिका–८ नाथपट्टीका २४ वर्षीय रमेशकुमार मण्डललाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गत ८ मंसिरमा धनुषाको जनकनन्दिनी गाउँपालिका–४ कमला नगरपालिका–२ को सीमानामा पर्ने आमाखोलामा नामथर नखुलेकी महिलाको शव भेटिएको थियो ।

धनुषा प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले घाँटी रेटेर महिलाको हत्या गरिएको बताए ।

पक्राउ परेका रामललित खत्वे र मृतक महिलाबीच विवाहका विषयमा विवाद हुँदा घटना भएको तिवारीले जानकारी दिए । मृतक र खत्वेबीच विगत ५ वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us