काठमाण्डु, १५ मंसिर– जाजरकोटमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नलगाड नगरपालिका–१ चिउरीका ३७ वर्षीय सुरेश महरको मृत्यु भएको हो ।
डोल्पाबाट नेपालगञ्ज आउँदै गरेको भे१ख १३९६ नम्बरको बसले उनलाई भेरी नगरपालिका–१ रावतगाउँमा ठक्कर दिएको जाजरकोट प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
बसको ठक्करबाट गम्भीर घाइते भएका महरको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच प्रहरीले बस चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ का ४५ वर्षीय कबिराज घर्तीमगरलाई प्रहरीले पक्राउ गरेके छ ।