काठमाण्डु, १४ मंसिर–चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग शुक्रबार भेटवार्ता गरेकी छन् ।
छेङ्दु शहरमा उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको राणाको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री केपी ओलीको आगामी १७ असारदेखि हुने चीन भ्रमणको तयारीका लागि राणा बिहीबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।
राणा शनिबार स्वदेश फर्कने तयारी रहेको उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए ।
राणा आगामी १७ असारमा प्रधानमन्त्री ओलीसँग चीन जाने टोलीमा छिन् ।
यसअघि उनी उतैबाट ओलीको टिममा सहभागी हुने बताइएको थियो ।