अछाम, १४ मंसिर–अछाममा नेपाल प्रहरीका एक सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली चलाएका छन् ।
तुर्माखाद गाउँपालिका–६ भैरवस्थान प्रहरी चौकीमा कार्यरत ४५ किसन चन्दले आफैंमाथि गोली चलाएका हुन् ।
घटना बिहीबार रातिको भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । चन्दको छातीको बायाँपट्टीको भागमा गोली लागेको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिउ ।
भण्डारीका अनुसार राति नै सुर्खेत लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि उनलाई नेपालगन्ज मेडिकल कलेजमा लगिएको थियो ।
गोली आफैंले चलाएको बताए पनि चन्दले कारण भने खुलाएका छैनन् । अछाम प्रहरीले घटना छानबिनका लागि समिति गठन गरेको छ ।