जापान मानव तस्करी प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाण्डु टुडे २०८१ मंसिर १४ गते १७:५३ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– काठमाण्डु जिल्ला अदालतले नक्कली कागजात तयार गरेर जापानमा मानव बेचबिखन तथा ओसार पसार गरेको अभियोगमा तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारी जोडिएको यो मुद्दामा पक्राउ परेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवारलाई थुनामा पठाउन जिल्ला अदालत काठमाण्डुले आदेश दिएको हो ।

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले तीन जनालाई धरौटीमा र दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us