रामेछाप दुर्घटना अपडेट: थप एक मृतकको पहिचान खुल्यो, ३ जनाको बाँकी

काठमाण्डु टुडे २०८१ मंसिर १४ गते १६:५२ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– आज शुक्रबार रामेछापमा भएको जिप दुर्घटनामा परी मृत्यु भएकामध्ये थप एक जनाको पहिचान खुलेको छ ।

रामेछाप प्रहरीका अनुसार मृत्यु हुनेमा हिराबहादुर कार्की रहेको रामेछाप प्रहीले जानकारी दिएको छ । उनको ठेगाना भने नखुलेको पनि प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको पनि मृत्यु भएको छ ।

अन्य तीन जनाको भने पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । शुक्रबार खिम्ती बेताली सडक खण्डबाट ना १ ज ७१२३ नम्बरको जिप ३०० मिटर तल खस्दा ५ जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us