सहकारी ठगी प्रकरणः रविको बयान सकियो

काठमाण्डु टुडे २०८१ मंसिर १४ गते १६:२७ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेको आजको बयान सकिएको छ ।

आज उनको करिब साढे ६ घण्टा लामो बयान लिइएको हो । जिल्ला सहकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि भएको बयान दिउँसो ३ः३० बजे सकिएको स्रोतले जानकारी दिएको छ ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाण्डु ल्याइएको थियो ।

कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई भैरहवा लगेर पनि बयान लिइएको छ ।

२ कात्तिकमा प्रहरीले पक्राउ गरेक लामिछानेलाई हालसम्म ५ पटक अनुसन्धानका लागि म्याद थपेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us