काठमाण्डु, १४ मंसिर– आज (शुक्रबार) रामेछापमा गएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटनामा परेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।
१४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार रहेको भन्दै रामेछापका डीएसपी प्रदीप सिंहले ५ जनाको घटनास्थलमै र अन्य तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
उनले गाडी सडकबाट करिब ३०० मिटर तल खसेको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।