प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाण्डु टुडे २०८१ मंसिर १४ गते १४:०३ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– आज शुक्रबार प्रधान सेनापति अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी प्रदीप जंग केसीलाई रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

उनी नेपाल सरकार, मन्त्री परिषद्को निर्णय बमोजिम मङ्सिर १० गतेको मितिबाट रथी दर्जामा पदोन्नति भएका हुन । पदोन्नतिसँगै रथी केसी बलाध्यक्षमा नियुक्त भएको नेपाली सेनाले जानकारी दिएको छ ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै परिवारजनको उपस्थिति रहको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us