विश्नोईको नाममा धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका हरिचन्द्र

काठमाण्डु टुडे २०८१ मंसिर १४ गते १३:३७ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका एक युवा रहेको खुलेको छ ।

आज (शुक्रबार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोलीले झापाबाट एक जनालाई पक्राउ गरेर शुक्रबार ल्याएको छ ।पक्राउ पर्ने व्यक्ति झापाका हरिचन्द्र फुँयाल रहेका सीआईबी स्रोतले जानकारी दिएको छ ।

सीआईबी स्रोतले भन्यो, ‘पक्राउ परेका फुँयालमाथि अनुसन्धान जारी छ । उहाँले किन धम्की दिनुभयो । यसको पछाडि के उदेश्य थियो भन्ने अनुसन्धान अघि बढाएका छौं ।’

केही समयअघि विश्वनोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो ।

त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम लिएर पनि धम्की आएको खुलेको थियो । अहिले झापाबाटै सीआईबीले फुँयाललाई पक्राउ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us