काठमाण्डु, १४ मंसिर– रौतहटको सदरमुकाम गौरमा एकै रातमा छुट्टाछुट्टै दुई पसलको ताल्चा फुटाएर लाखौँको मोबाइल चोरी गर्ने दुई जनालाई प्रहरीले चोरी गर्दागर्दै नियन्त्रणमा लिएको छ ।
चोरीको मोबाइलसहित पक्राउ पर्नेहरुमा स्थानीय राजदेवी नगरपालिका ९ ब्रहमापुरीका वर्ष १९ का शिवजी मण्डल र सोही ठाउँका वर्ष १८ का नीरज मण्डल रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिएका छन ।
उनीहरूमाथि बिहीबार चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन ।
गत बुधबार राति उनीहरूले गौरस्थित चौधरी मार्केटभित्र नेशनल मोबाइल पसलको ताल्चा फुटाएर १५ थान मोबाइल चोरेर लागेका थिए । लगत्तै राति डेढ बजे गौर स्थित बरहवा पुल नजिक गौर इन्टर प्राईजेज मोबाइल पसलको ताल्चा फुटाएर ४ वटा मोबाइल चोरी गरेको थियो ।
सोही क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोली र स्थानीय मिलेर दुबैजना लाई चोरी गर्दा रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।