पोखराबाट रविलाई काठमाण्डु पठाइयो

काठमाण्डु टुडे २०८१ मंसिर १३ गते १७:५७ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले आज (बिहिबार) पोखराबाट काठमाण्डु ल्याउँदै छ ।

उनलाई अहिले बुद्ध एयरको विमानमार्फत काठमाण्डु तर्फ ल्याउन लागिएको स्रोतले जानकारी दिएको छ ।

उनी सवार जहाज भर्खरै पोखराबाट उडेको छ पनि स्रोतले जानकारी दिएको छ । गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई काठमाण्डुको स्वर्णलक्ष्मी सहकारीको थप अनुसन्धानका लागि काठमाण्डु ल्याउन लागीएकोे हो ।

उनलाई यसअघि रुपन्देही लगेर बयान लिइएको थियो भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us