काठमाण्डु, १३ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने लाई आज बिहिबार काठमाण्डु लैजानका विमान चढाइएको छ ।
उनलाई केहीबेर अघि पोखरा एयरपोर्टबाट बुद्ध एयरको विमानमार्फत काठमाण्डु ल्याउन लागीएको हो ।
गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई काठमाण्डुको स्वर्णलक्ष्मी सहकारीको थप अनुसन्धानका लागि काठमाण्डु ल्याउन लागीएकोे हो ।
उनलाई यसअघि रुपन्देही लगेर बयान लिइएको थियो भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।