काठमाण्डु, १३ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनलाई लक्ष्ति गर्दै सत्तारुढ दल नेकपा एमालेले कीर्तिपुर नगरपालिकामा अन्तिम चुनावी सभा आयोजना गरेको छ ।
कीर्तिपुरको पाँगामा आयोजित सभालाई सम्बोधन गर्न पार्टीका महासचिव शंकर पोखरेल लगायतका नेताहरूले सम्बोधन गरेका छन ।
यस नगरपालिकाको प्रमुखमा एमालेले सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ । कीर्तिपुरको मेयरका लागि आगामी १६ मंसिरमा उपनिर्वाचन हुँदैछ ।
यो निर्वाचनलाई दलहरूले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । आजै सत्ता सहयात्री दल नेपाली कांग्रेससहित माओवादी केन्द्रले पनि यहाँ अन्तिम सभा आयोजना गरेका छन् ।
सभामा सहभागी हुन दलका शीर्ष नेताहरू कीर्तिपुर पुगेका छन् । कीर्तिपुरमा कांग्रेसबाट कृष्णमान डंगोल प्रमुखका उम्मेदवार हुन् भने दल र स्वतन्त्र गरी यहाँ २० जना उम्मेदवार रहेका छन ।