कीर्तिपुरको नगाउँ दोबोटोमा माओवादीको चुनावी सभा

काठमाण्डु टुडे २०८१ मंसिर १३ गते १६:१९ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनलाई लक्ष्ति गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कीर्तिपुरमा गरेको चुनावी सभा आयोजना गरेको छ ।

कीर्तिपुरस्थित नगाउँ दोबोटोमा आयोजित भएको चुनावी सभामा सहभागी हुन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे लगायतका शीर्ष नेताहरूको उपस्थिति छ ।

आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन हो ।

आज माओवादीसहित एमाले, कांग्रेसले पनि कीर्तिपुरमा सभा आयोजना गरेका छन् ।

कीर्तिपुरमा कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर, माओवादीबाट शिवशरण महर्जन उम्मेदवार छन् । दल र स्वतन्त्र गरी यहाँ २० जना उम्मेदवार छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us