कीर्तिपुरको लोकतान्त्रिक चोकमा कांग्रेसको चुनावी सभा

काठमाण्डु टुडे २०८१ मंसिर १३ गते १६:१४ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनलाई लक्ष्ति गर्दै सत्तारुढ दल नेपाली कांग्रेसले कीर्तिपुरमा अन्तिम चुनावी सभा आयोजना गरेको छ ।

पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासमेतको उपस्थितिमा अहिले कीर्तिपुरको लोकतान्त्रिक चोकमा सभा जारी रहेको छ । कीर्तिपुरको मेयरका लागि आगामी १६ मंसिरमा उपनिर्वाचन हुँदैछ ।

यो निर्वाचनलाई दलहरूले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । आजै कांग्रेससहित माओवादी केन्द्र र नेकपा एमालेले पनि यहाँ चुनावी सभा आयोजना गरेका छन् । सभामा सहभागी हुन शीर्ष नेताहरू कीर्तिपुर पुगेका छन् ।

कीर्तिपुरमा कांग्रेसबाट कृष्णमान डंगोल प्रमुखका उम्मेदवार हुन् भने दल र स्वतन्त्र गरी यहाँ २० जना उम्मेदवार रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us