काठमाण्डु, १३ मंसिर– नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुर नगरपालिका प्रमुख पदको निर्वाचन जनमत संग्रह भएको दाबी गरेका छन ।
आज (बिहीबार) कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन ।
उनले आगामी आइतबार हुने स्थानीय तह उपनिर्वाचनमध्ये कीर्तिपुरको निर्वाचन जनमत संग्रह भएको दाबी गरेका छन । उनले भने, ‘ निर्वाचन त अन्य स्थानमा पनि छन् । तर कीर्तिपुरको निर्वाचन जनमत संग्रह हो ।
कसको पक्ष मत छ भन्ने कुरा यो निर्वाचनले देखाउँछ’, माओवादीको पक्षमा मत माग्दै पाण्डेले भने, ‘त्यसकारण माओवादीका उम्मेदवार प्रा.डा शिवशरण महर्जनको चुनाव चिन्ह गोलकारभित्र रहेका हँसिया हथौडालाई भोट हाल्न आग्रह गर्दछु । जिताउन भन्न चाहन्छु ।’