भ्रष्टाचार मुक्त व्यवस्थित कीर्तिपुर नगरपालिका बनाउने छुः शिवशरण महर्जन

काठमाण्डु टुडे २०८१ मंसिर १३ गते १५:४५ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनको लागि नेकपा माओवादी केन्द्रका कीर्तिपुर नगरपालिका प्रमुखका उम्मेदवार प्रा.डा शिवशरण महर्जनले निर्वाचित भएमा भ्रष्टाचारमुक्त व्यवस्थित नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

आज बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुशासन, सामाजिक न्याय, समृद्ध तथा व्यवस्थित नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन ।

उनले कीर्तिपुरभित्र देखिएका खानेपानी, स्वास्थ्य, शिक्षा, सहकारी, लालपुर्जा लगायत सम्पूर्ण समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन ।

उनले भने, ‘कीर्तिपुरलाई व्यवस्थित भ्रष्टाचारमुक्त नगरपालिका बनाउन मैले उम्मेदवारी दिएको हो । म प्रमुख पदमा निर्वाचित भएमा यस नगरपालिकाका स्वास्थ्य, शिक्षा, सामाजिक, सांस्कृतिक, खानेपानी, भौतिक पूर्वाधार, पर्यटन विकासमा मेरो सम्पूर्ण ध्यान जानेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us