कीर्तिपुरको चुनावी सभालाई प्रचण्डले सम्बोधन गर्ने

काठमाण्डु टुडे २०८१ मंसिर १३ गते १४:३० मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले कीर्तिपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

बिहीबार दिउँसो ३ बजे कीर्तिपुरको नगाउँ दोबाटोमा हुने चुनावी सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जानकारी दिएका छन ।

कीर्तिपुर नगरपालिकामा माओवादी केन्द्रले प्राडा।शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ । महर्जनलाई एकीकृत समाजवादीले समर्थन गरेको छ । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज प्रचार प्रसारका लागि अन्तिम दिन हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us