काठमाण्डु, १३ मंसिर– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन काठमाण्डुमा सुरु भएको छ । मध्यान्ह १२ बजे शान्तिबाटिकामा जम्मा भएर जुलुससहित न्यूरोडस्थिति भूगोल पार्कमा पुगेर सो पार्टीको र्याली सभामा परिणत भएको छ ।
आगामी २३ मंसिर सम्म सञ्चालन हुने महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मोहन वैद्यले पेस गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल गरी परिमार्जनसहित पारित हुने एक नेताले जानकारी दिएका छन ।
महाधिवेशनमा देशभरबाट साढे तीन सय प्रतिनिधि सहभागी हुने ति नेताले जानकारी दिएका छन ।