कालीमाटीमा मृत भेटिएकी महिलाको पोस्टमार्टमः लिभरको समस्याले मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर १३ गते १३:३० मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– काठमाण्डुको कालीमाटीस्थित सडकमा मृत अवस्थामा फेला परेकी ४५ वर्षीया जानुका सुर्खेतीको पोस्टमार्टम रिपोर्ट आएको छ ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सकले गरेको शव परीक्षण रिपोर्टअनुसार लिभरको समस्याका कारण उनको मृत्यु भएको देखिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिउका छन ।

ति अधिकृतका अनुसार पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारणबारे लेखिएको छ, ‘डिजिज अफ द लिभर ।’ मङ्सिर ७ मा उदयपुर घर भएकी ४५ वर्षीया सुर्खेतीको शव कालीमाटीको सङ्गीत मार्गमा फेला परेको थियो ।

उनको शव बोकेर हिँड्ने बझाङ घर भएका २२ वर्षीय कवीन्द्र मल्ललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।उनलाई प्रहरी वृत्त कालीमाटीले अदालतबाट म्याद लिएर हिरासतमा राखेको छ ।

मल्लले शव काँधमा बोकेर सडकमा फालेका हुन् । लागुऔषध सेवनकर्ता कवीन्द्र मल्ललाई प्रहरीले चप्पलबाट पहिचान गरेको थियो । क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) क्यामेरामा देखिएको उनको चप्पलको सङ्केतबाट उनलाई पक्राउ गरिएको अनुसन्धान अधिकृतहरूले जानकारी दिएका छन ।

अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृत भन्छन्, ‘फुटेजमा देखिएको चप्पल र उनले लगाएको चप्पलमा समानता देखिएपछि पहिचान गरेका थियौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us