ट्रम्पका सल्लाहकारहरुलाई बमले उडाइदिने धम्की

काठमाण्डु टुडे २०८१ मंसिर १३ गते ९:३२ मा प्रकाशित

एजेन्सी–नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका सल्लाहकार सदस्यहरुलाई अज्ञात व्यक्तिले बम आक्रमणको धम्की दिइएको छ ।

ट्रम्पले विभिन्न जिम्मेवारीमा नियुक्त दिएकाहरुलाई मंगलबार र बुधबार बिहान बलमे उडाइदिने धम्की आएको ट्रम्पकी प्रवक्ता क्यारोलिन लेविटले बताएकी छन् ।

उक्त धम्कीपछि अमेरिकाको फेडेरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) लगायत सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको अधिकारीहरुले बताएका छन् ।

ट्रम्पले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत नियुक्त गरेकी एलिस स्टेफनिकले आफ्नो निवासमा बम आक्रमणको धम्की आएको बताएकी छन् । आफ्ना पति र छोरासहित वाशिङ्टनबाट न्यूयोर्क जाँदै गर्दा उक्त सूचना आएको उनले बताइन् ।

बीबीसीका अनुसार ट्रम्पका पर्यावरण संरक्षण एजेन्सीका प्रमुख ली जेल्डिन र सम्भावित महान्यायाधिवक्ताका ठानिएका म्याट गेट्जलाई पनि बम आक्रमणको धम्की आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us