वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ, ५५ करोड कारोबार

काठमाण्डु टुडे २०८१ मंसिर १२ गते १७:०५ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– प्रहरीले वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–१ मा बस्दै आएका पाँचथर घर भएका सुनिल राईलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिएका छन ।

उनले ५५ करोड आर्थिक कारोबार गरेको भेटिएको आचार्यले जानकारी दिएका छन ।

आरोपी वान एक्स बेटको एजेन्ट रहेको र उनले सट्टेबाजी गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us