कीर्तिपुर र काठमाण्डु–१६ मा निर्वाचन आयोगले खटायो अनुगमन टोली

काठमाण्डु टुडे २०८१ मंसिर १२ गते १६:१९ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनको लागि निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका र काठमाण्डु महानगरपालिका–१६ मा आचारसंहिता अनुगमन टोली खटाएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न भन्दै आयोगले मंसिर २ गतेदेखि नै आचारसंहिता जारी गरेको थियो ।

चुनाव प्रचारप्रसारका क्रममा उक्त आचारसंहिता पालना गरेनरगरेको अनुगमनका लागि आयोगले अनुगमन टोली खटाएको निर्वाचन आयोगले जनाएको छ ।

कीर्तिपुर नगरपालिकामा नेपाल प्रहरीका एसएसपी दीपक रेग्मी, सशस्त्र प्रहरीका एसपी अशोक न्यौपाने, उपसचिव डा. थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी खटिएका आयोगकी प्रवक्ता सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिएकी छन ।

यस्तै, काठमाण्डु–१६ मा सहसचिव नारायणप्रसाद सापकोटा, सशस्त्र प्रहरीका एसएसपी दिगविजय सुवेदी, उपसचिव सीता पुन श्रीष र एसपी सञ्जयसिंह थापालाई अनुगमनका खटाइएको छ ।

आयोगले उपनिर्वाचन हुने प्रत्यस स्थानीय तहमा प्रचारप्रसारको सूक्ष्म अध्ययन अनुगमन गरिरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us