मन्त्रालयहरूको त्रैमासिक समीक्षा सुरु

काठमाण्डु टुडे २०८१ मंसिर १२ गते १६:१३ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– नेपाल सरकारका मन्त्रीहरुका त्रैमासिक समीक्षा सुरु भएको छ ।

आज (बुधबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूको त्रैमासिक समीक्षा सुरु भएको हो ।

समीक्षा बैठकमा आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिक समीक्षा भइरहेको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सरकारले गरेका काम कारबाहीहरू, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा भइरहेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us