काठमाण्डु, १२ मंसिर– प्रहरीले कपिलवस्तुबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको मायादेवी गाउँपालिका–६ डुमरा बस्ने २१ वर्षीय सद्दाम हुसेन फकिर रहेका छन ।
फकिरलाई सोमबार प्रहरीले पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी निरन्जन भट्टले जानकारी दिएका छन ।
उनीबाट प्रहरीले डेन्जर टोइ एयर पेस्तोल लेखिएको एउटा पेस्तोल, ४३ छर्रा, ६ वटा धमाका र एउटा मोबाइल बरामद गरीएको पनि प्रहरीले जानकारी दिएको छ ।
फकिरले मोटरसाइकल चोरी गर्न खोजिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। सूचना पाएपछि इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुबाट प्रहरीको टोली खटिएको थियो। उक्त टोलीले उनलाई पेस्तोलसहित पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत कपिलवस्तुले हातहतियार तथा खरखजाना कसुरमा पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको पनि प्रहरीले जानकारी दिएको छ ।