आवासीय चिकित्सकको श्रम शोषणले सीमा नाघ्योः डा. गोविन्द केसी

काठमाण्डु टुडे २०८१ मंसिर १२ गते १२:३७ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– डा. गोविन्द केसीले आवासीय चिकित्सकहरुको श्रम शोषणले सीमा नाघेको दाबी गरेका छन । अस्पतालको सेवाको ठूलो हिस्साका लागि आवासीय चिकित्सकमा भर पर्ने निजी मेडिकल कलेजहरुले उनीहरुलाई दिनुपर्ने निर्वाह भत्ताको एक चौथाइ हाराहारी मात्रै दिइरहेको उनले बताएका छन ।

त्यसैले हाल चिकित्सा शिक्षा आयोगले सबैतिर एकैनास कायम गर्न खोजेको निर्वाहभत्ता सम्बन्धी निर्णय तत्काल विनाशर्त कार्यान्वयन गर्न तथा त्यसो गर्न अटेर गर्ने सबै कलेजहरुमा स्नातकोत्तर कार्यक्रम सदाका लागि बन्द गर्न पनि केसीले माग समेत गरेका छन ।

उनले आज विज्ञप्ति गारी गर्दै भनेका छन्, ‘निर्णय मान्ने कलेजहरुमा मात्रै उक्त तहका कार्यक्रम सुचारु गर्न सम्बन्धित पक्षहरुसँग जोडदार माग गर्दछु ।’

उनले आफूसँग विगतमा सरकारले गरेका सहमति कार्यान्वयन गर्न र चिकित्सक अनि स्वास्थ्यकर्मीहरुको समयसापेक्ष तलब सुविधा वृद्धि गनूपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us