धनुषाको एक स्टोरमा आगलागी हुँदा ४० लाखको क्षति

काठमाण्डु टुडे २०८१ मंसिर १२ गते १२:१३ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– धनुषाको बटेश्वर गाउँपालिका–३ स्थित कुशवाहा जेनरल स्टोर्समा आगलागी भएको छ । हिजो मंगलबार राति करिब साढे ७ बजेतिर रामकुमार महतोले घरमै सञ्चालन गरेको जेनरल स्टोर र कुशवाहा टपरी उद्योगसमेत जलको धनुषा प्रहरीले जानकारी दिएको छ ।

टपरी उद्योगमा तयार भएको ड लाखको टपरीसहित कच्चा पदार्थ, जेनरल स्टोर्समा रहेको पेपर प्लेट, पानी ग्लास, चिया ग्लासलगायत जलेर ४० लाख भन्दा बढीको क्षति भएको पीडित महतोले जानकारी दिएका छन ।

आगलागी स्थानीय, क्षिरेश्वरनाथ नगरपालिका र दंगा प्रहरी गण ढल्केवरको वारुणयन्त्रले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिएका छन ।

क्षति सम्बन्धी मुचुल्का उठाउन बाँकी रहेको उनको भनाइ छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us