यसकारण रवि लामिछानेलाई ल्याइएन काठमाण्डु

काठमाण्डु टुडे २०८१ मंसिर ११ गते २०:४५ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेर कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई मंगलबार काठमाण्डु ल्याउने भनिएको थियो ।

प्रहरीले नै बुद्ध एयरको ८ः४० को उडानमार्फत लामिछानेलाई काठमाण्डु ल्याउने तयारी रहेको प्रहरीले नै बताएको थियो ।

तर, एकाएक उनलाई ल्याइएन । प्रहरी श्रोतका अनुसार काठमाण्डु प्रहरी प्रमुख एसएसपी वसन्त रजौरे बिदामा रहेकाले नल्याइएको कास्की प्रहरी श्रोतले बतायो ।

काठमाण्डुको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा संलग्न रहेको कसुरमा बयान लिन उनलाई काठमाण्डु ल्याउन लागिएको हो । काठमाण्डु प्रहरीको नेतृत्व हाल एसपी नवराज अधिकारीले गरिरहेका छन् ।

आइतबारबाट बिदामा बसेका रजौरे हाजिर भएपछि मात्र लामिछानेलाई बयानका लागि ल्याउन ‘माथिको आदेश’ भएको एक प्रहरीले अधिकृतले बताए ।

पोखरास्थित सुर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले २ कात्तिकमा उनलाई पक्राउ गरी सोही दिन पोखरा लगेको थियो ।

यसअघि लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको बचत अपचलनबारे बायन लिन रुपन्देही लगिएको थियो । प्रहरीले जिल्ला अदालत चितवनबाट पनि लामिछानेविरुद्ध पक्राउ अनुमति लिइसकेको छ ।

काठमाण्डुमा बयान सकिएपछि पोखरा लगेर फेरि चिचवन ल्याउने तयारी प्रहरीको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us