हामीमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भयो: रास्वपा

काठमाण्डु टुडे २०८१ मंसिर ११ गते १६:४१ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछानेले सहकारीको व्याज तिरेको भौचरसहित प्रमाण भेटिएको विषयमा जवाफ दिएको छ ।

पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै यस्तो जवाफ दिएका हुन । उनले आफूहरूमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भएको बताएका हुन ।

उनले भने, ‘ब्याजै तिरेको भएपनि यसको सर्पोटमा डकुमेन्ट आएको छैन माइन्युटहरू बाहिर आएको छैन । अहिले यसमा डिबेट गरेर अतिरन्जित गरेर काम छैन ।’

उनले लिलाबल्वभ अधिकारीलाई छोड्ने घटनाले रास्वपामाथि प्रतिशोध साधिएको थप स्पष्ट पारेको पनि बताएका छन ।

पत्रकार सम्मेलनको क्रममा रास्वपा नेता गणेश पराजुलीले कुन कानुन टेकेर अतिरञ्जित गर्ने अधिकार दिइएको भन्दै प्रतिप्रश्न पनि गरे ।

‘सम्मानित अदालतमा लगेर कारबाही गरे भोग्न तयार भएको सभापतिले भन्नुभएको छ । यी विषयमा भ्रममा पर्न जरुरी छैन‚’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us