काठमाण्डु, ११ मंसिर– प्रहरीले मिटरब्याजमा रकम लगाएको आरोपमा रुपन्देहीबाट एक जनालाई पक्राउ गरको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको सांस्कृतिक नगरपालिका प्रदीप मौर्य रहेका छन । उनलाई पक्राउ गरेर अनुचित लेनदेन सम्बन्धी कसुरमा अनुसन्धान थालिएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले जानकारी दिएका छन ।
मौर्यलाई अनुसन्धान गर्न प्रहरीले अदालतबाट ३ दिनको म्याद लिएको छ । उनीविरुद्ध ५ जना पीडितहरूले जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ ।