काठमाण्डु, ११ मंसिर– संघीय सांसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अघि समितिको बैठक बसेर छलफल हुने बताएका छन ।
सभापति यादवले समितिको बैठक सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रीसँग समयका लागि समन्वय गरिरहेको जानकारी पनि दिएका छन ।
उनले सरकारको एजेन्डा बाहिर आएपश्चात् त्यसमाथि छलफल हुने र भ्रमण उपलब्धिमूलक बनाउन समितिले थप सल्लाह सुझाव दिने पनि जानकारी दिएका छन । उनले भने, ‘यो उहाँको महत्त्वपूर्ण भ्रमण हो ।
यसलाई फलदायी बनाउन भएका र थप एजेन्डामा छलफल हुन्छ ।’ प्रधानमन्त्री बनेपश्चात् केपी शर्मा ओलीले पहिलो विदेश भ्रमण चीनबाट गर्न लागेका हुन् ।
भ्रमण अघि मङ्सिर १३ गते तयारी स्वरूप परराष्ट्र मन्त्री आरजू राणा देउवा चीन भ्रमण जाने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।