काठमाण्डु, ११ मंसिर– सिन्धुलीमा कार र बोलेरो एकआपसमा ठोक्कीदाँ सडक पेटीमा बसिरहेकी पैदलयात्रीको मृत्यु भएको भएको छ ।
मृत्यु हुनेमा मरिण गाउँपालिका–७ बस्ने ७६ वर्षीया बुद्धलक्ष्मी श्रेष्ठ रहेकी छन । मरिण गाउँपालिका९७ देउजोस्थित सडकमा बा ७ च ७५५४ नम्बरको कार र बा.प्र ०३९००१ च १६२३ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई उक्त बोलेरो पल्टिएर लाग्दा सडक पेटीमा बसिरहेकी बुद्धलक्ष्मी श्रेष्ठको सोमबार दिउँसो मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
कार र बोलेरोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।