ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर ११ गते १३:२७ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– सिराहामा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

सिराहाको बरियारपट्टी गाउँपालिका–३ बलुवा टोलस्थित सडकमा ज.१ त ३६०२ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बलु यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहान सिराहामा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us