कोशीका पूर्वमन्त्री लिलाबल्लभविरुद्ध मुद्दा नचल्ने निर्णय

काठमाण्डु टुडे २०८१ मंसिर १० गते १६:५९ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचल्ने भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि मुद्दा नचलाउने निर्णय गरेको हो ।

मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि प्रहरीले अनुसन्धान गरिरहेको थियो । अन्य ११ जनाविरुद्ध भने मुद्दा दर्ता हुने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us