काठमाण्डु, १० मंसिर– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको क्रममा सरकारले ऋण लिन नहुने बताएका छन ।
आज सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले यस्तो बताएका हुन । उनले नेपालको ऋण लिने सामर्थ्य नरहेकाले अनुदान लिनुपर्ने पनि बताएका छन ।
देउवाले लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौं ।’ चीन नेपालको मित्र राष्ट्र भएको भन्दै उनले पहिलो भ्रमण चीनबाट सुरु गर्दैमा अनौठो मान्न नहुने पनि बताएका छन ।