काठमाण्डु, ९ मंसिर– प्रहरीले अवैध लागूऔषध गाँजा करिब १ सय ८५ किलोग्राम सहित चितवनबाट एक जनालाई पक्राउ गरको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–६ बस्ने ३९ वर्षीय शेर बहादुर लामा रहेको प्रहरीले जानकारी दिएको छ ।
कमलामाई नगरपालिका–९ चेकपोष्टबाट उनलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडा, सिन्धुली हुँदै बर्दीबासतर्फ जाँदै गरेको बा.प्र.०३९००१ च २२८० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा गाडीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक लामालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।