काठमाण्डु, ९ मंसिर– एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेर अहिले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले समर्थकलाई सम्बोधन गरेर लामो पत्र लेखेका छन् ।
उनले आफ्नो हिरासतको अनुभूतिसहितको पत्र सचिवालयमार्फत आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् । व्यवसायी प्रसाईंले लेखेका छन्, ‘हिरासत नजाँदा सम्म सरकारले सत्य बोलेकोमा सजाय स्वरूप उपहार दिन कतिबेला भर्याङ चढेर आउँछ अनि हिरासत लिएर जान्छ भन्ने कौतुहलता हुँदोरहेछ।
अन्ततः हिरासतमा आइसकेपछि क्षणिक कौतुहलता मेटिएर जाँदो रहेछ अनि एकाग्र र अनगिन्ती प्रश्नले मन पिरोलिँदो रहेछ।’ उनले हिरासत भित्रको अँध्यारो कोठाभित्र आफूले हिजो मात्रै बिपी (बिपी कोइराला) को आत्म वृत्तान्त पढेर सकेको बताएका छन् ।
‘मलाई बिपीको आत्म वृत्तान्त खुब मन पर्यो र आत्म वृत्तान्त पढेर सक्दा एकोहोरो उहाँमा असीमित सम्मान जागेर आएको छ’, उनले भनेका छन् ।
लाउँलाउँ र खाउँखाउँको यौवन अवस्थादेखि बिपीले दक्षिण एसियाका नागरिकको मुक्तिका लागि आफ्नो जीवन समर्पित गरेको पुस्तकबाट आफूले थाहा पाएको प्रसाईंले बताएका छन ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएको कम्बोडियाको लगानीबारे आफूले आफ्नो समय र धनको लगानी गरेको दाबी गरेका छन् ।
यस्तो छ प्रसाईंको पत्र