मानव कल्याण सेवा समाजको घरमा एक जना मृत फेला

काठमाण्डु टुडे २०८१ मंसिर ९ गते १२:११ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– काभ्रेको धुलिखेलमा रहेको मानव कल्याण सेवा समाज घरमा सुतेकी एक जना महिला मृत अवस्थामा फेला परेकी छन ।

करिब ३५ की माइली मानव मगर नाम गरेकी महिला शनिबार राति आफैं सुत्ने ओछ्यानमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ ।

उनी सोही घरमा बस्दै आएकी थिइन् । ती महिलालाई भक्तपुरको सुर्यबिनायक नगरपालिका–७ गुण्डु बाट २०७६ चैत १० गते बेवारिसे अवस्थामा फेला पारी उद्धार गरेर त्यहाँ राखिएको पाईएको प्रहरीले जानकारी दिएको छ ।

मृतकको शव शनिबार राति करिब एक बजे पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा पठाइएको काभ्रे प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us