सिनामंगलको एक होटलमा युवक–युवती झुण्डिएको अवस्थामा मृत फेला

काठमाण्डु टुडे २०८१ मंसिर ९ गते १२:०५ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– काठमाण्डुको सिनामंगलस्थित एक होटलमा युवक–युवती मृत अवस्थामा फेला परेका छन । युवक– युवती मृत भेटिएको सूचना आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको काठमाण्डु प्रहरीले जानकारी दिएको छ ।

झुण्डिएको अवस्थामा उनीहरु मृत रहेको भन्ने जानकारी आएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन । प्रहरी टोली घटनास्थलमा भर्खर पुगकाले थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us