काठमाण्डु, ९ मंसिर– आज आइतबार फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठक शहरी विकास मन्त्रालयमा बसेको थियो । शहरी विकास मन्त्री प्रकाशमान सिंहसहितको बैठकमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनसहित प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालयका सचिवहरु छन् ।
यसैगरी धादिङको धुनिबेंसी नगरपालिका प्रमुख र नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष पनि बैठकमा सहभागी रहेका थिए । तर उक्त बैठकमा काठमाण्डु महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) भने उपस्थित भएनन् ।
काठमाण्डु महानगरबाट प्रमुख कार्यकारी सहभागी रहेका थिए । बैठकमा हालसम्म भएका निर्णयहरुको समीक्षाका साथै बञ्चरेडाँडा ल्याण्डफिल साइटको हालको अवस्थाको छलफल र समाधानका उपायबारे छफलल गर्ने मुख्य एजेण्डा रहेको थियो ।
तेस्रो एजेण्डा काठमाण्डु उपत्यकाको फोहोरको दीर्घकालीन समस्या समाधानका लागि भावी कार्यदिशा समेत छ ।