रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

काठमाण्डु टुडे २०८१ मंसिर ९ गते ११:०१ मा प्रकाशित

पोखरा, ९ कात्तिक- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

पछिल्लोपटक थपिएको १३ दिनको म्याद सकिएपछि पुनः म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराइएको हो ।

लामिछाने  जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

सहकारी ठगी कसुरमा अनुसन्धानका लागि प्रहरीले गत २ कात्तिकमा काठमाण्डुमा पक्राउ गरी सोही दिन पोखरा लगेको थियो ।

लामिछानेमाथि पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम उनी संलग्न गोर्खा मिडियामा ल्याएर गैह्रकानूनी रुपमा खर्च गरेको आरोप प्रहरी र सरकारी वकिलको छ ।

सूर्यदर्शनको करिब ५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको देखिएको छ ।

यद्यपि संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोर्खा मिडियामा ल्याउन लामिछानेको भूमिका नदेखिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र चितवनको सहारा सहकारीको रकम गोर्खा मिडायामा अपचलन गरेको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us