सिन्धुली, ९ मंसिर– सिन्धुलीको कमलामाइ नगरपालिका–९ इनारपानीमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
भिमानबाट चन्दनपुरतर्फ जाँदै गरेको ना४७प६४४ नम्बरको मोटरसाइकल शनिबार दुर्घटना हुँदा चालक महोत्तरीको बर्दिबास नगरालिका–२ हङकङडाँडाका २५ वर्षीय नारायण श्रेष्ठको मृत्यु भएको हो ।
सिन्धुली प्रहरीका डीएसपी अनिलकुमार खड्काका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडक छेउको ठोक्किँदा गम्भीर घाइते भएका श्रेष्ठको जिल्ला अस्पताल सिन्धुलीमा उपचारका क्रममा शनिबार राति ज्यान गएको हो ।