एलन मस्क बने मानव इतिहासकै सर्वाधिक धनी

काठमाण्डु टुडे २०८१ मंसिर ९ गते ९:३७ मा प्रकाशित

एजेन्सी – एलन मस्क मानव इतिहासकै सर्वाधिक धनी व्यक्ति बनेका छन् ।

संसारकै धनी व्यक्तिमा दोहोरिएका मस्क मानव इतिहासकै सबैभन्दा धनी बनेका हुन् ।

फोर्ब्स पत्रिकाका अनुसार मस्क शुक्रबार ३ खर्ब २१ अर्ब ७० करोड डलर सम्पत्तिका मालिक हुन् ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै मस्कको कार कम्पनी टेस्लाको सेयर मूल्य उच्च भएको छ । मस्कको सम्पत्ति एकैदिन ७ अर्ब डलरले बढेको छ ।

विश्वका दोस्रो धनी ल्यारी इलिसनको भन्दा मस्कको सम्पत्ति ८० अर्ब डलरले बढी छ ।

मस्कको कूल सम्पत्तिको १३ प्रतिशत टेस्लाले ओगटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us