काठमाण्डु, ८ मंसिर– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार राजधानीमा र्याली निकालेको छ ।
शनिवार ११ औँ पार्टी पुनर्गठन दिवसको अवसरमा नेकपाले काठमाण्डुमा र्याली निकालेको हो ।
सभाअघि निस्किएको र्याली सुन्धारा–रत्नपार्क हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत भएको छ ।
सभालाई नेकपाका अध्यक्ष विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा विभिन्न जिल्लाबाट मानिसहरू उपस्थित भएको नेकपाले जनाएको छ ।