बालेन शाहले एमालेसँग १ लाख भिख मागेः महेश बस्नेत

काठमाण्डु टुडे २०८१ मंसिर ८ गते १२:५१ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाण्डु महानगरपालिका प्रमुख बालेन शाहले नेकपा एमालेबाट १ लाख भिख मागेको आरोप लगाएका छन । हिजो शुक्रबार एमालेले काठमाण्डुको दरबारमार्गमा ‘जागरण सभा’ गरेको थियो ।

हिजो बेलुकानै काठमाण्डु महानगरपालिकाले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेलगत्तै बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत सो आरोप लगाएका हुन् ।

नेता बस्नेतले बालेनले गरेको सो निर्णयलाई सकारात्मक र नकारात्मक कोणबाट हेर्न सकिने भन्दै लेखेका छन्–बालेनद्वारा पालित पोषित एउटा नगर प्रहरीले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेछ। यसलाई दुई एङ्गलबाट हेर्न सकिन्छ।

सकारात्मकः काठमाण्डुमा हुने सयौं जुलुस सभा भन्दा एमालेको सभा अभूतपूर्व भयो जस कारण सफा गर्नको लागि मात्रै पनि बालेनलाई १ लाख भिख माग्न पर्यो ।

नकारात्मकः बालेनलाई यति धेरै एमाले फोबिया छ कि कुन दिन एउटा दन्ते कथामा ज्योतिषले बाघको आक्रमण बाट मर्छ भनिएको राजकुमार कोठाको कोठै थुनेर राख्दा पनि उक्त बालक उक्त राजकुमार वनको बाघलेले होइन किताबमा भएको बाघको चित्र हेरेर मृत्युवरण गरेको जस्तै बालेन पनि एमाले हेरेरै एमालेसँग डराएर सकिने अवस्थामा पुगेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us